प्रदेशस्तरीय महिला गोल्डकप हुँदै धनकुटामा

काठमाडौं, पुस २९ । धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ।
शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा आयोजक धनकुटासहित ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग, सुनसरी, झापा, उदयपुर सहभागि हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ। पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको प्रथम हुनेले एक लाख रुपैयाँ र गोल्डकप तथा दोस्रोले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले जानकारी दिए।

प्रत्येक खेलमा वुमन अफ द म्याच हुनेले ३ हजार रुपैयाँ र प्रतियोगिता भरिमा हरेक विद्यामा उत्कृष्ठले नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्