शहीद स्मारक ए डिभिजन लिगः त्रिभुवन आर्मी र संकटा क्लब भिड्दै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज छैटौं चरणको एक मात्र खेल हुँदैछ । त्रिभुवन आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दै छन् ।
पाँचौ चरणको अन्तिम खेलमा सरस्वती युथ क्लब विरुद्ध १–० को जितपछि विभागीय टोली त्रिभुवन आर्मीक्लब शहीद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो पटक शीर्ष स्थानमा उक्लेको थियो । छैटौं चरणको ७ मध्ये ६ खेल सकिँदा भने आर्मी दोस्रो स्थानमा झरेको छ । ६ खेलबाट अपराजित रहँदै १३ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ ।
आजको खेलबाट फेरि एक पटक आर्मीलाई शीर्ष स्थानमा उक्लने मौका छ । संकटालाई पराजित गर्न सके आर्मीले मच्छिन्द्रलाई २ अंकले पछि पार्नेछ । बराबरी खेले पनि मच्छिन्द्रसँग आर्मीको अंक बराबरी हुनेछ ।
लिगको दोस्रो खेलमै मनाङसँग पराजित भएयता आर्मीले लगातार तीन खेल जितेको छ र तीनवटै खेलमा क्लिनसिट राख्न सफल भएको छ । यसले पनि आर्मी बलियो बन्दै गएको संकेत गर्छ । पहिलो खेलमा फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको आर्मी त्यसपछि मनाङसँग १–० ले पराजित भएको थियो । त्यसयता आर्मीले हिमालयन शेर्पालाई २–०, थ्रीस्टारलाई पनि २–० ले र सरस्वतीलाई १–० ले पराजित गरेको थियो ।
उता ५ खेलबाट २ जित र १ बराबरीसहित ७ अंक जोडेको संकटा आठौं स्थानमा छ । गत सिजनको उपबिजेता संकटाले यस सिजन मिश्रित प्रदर्शन गरिरहेको छ । पहिलो खेलमै च्यासल युथ क्लबसँग २(० ले पराजित भएको संकटाले एनआरटीलाई १(० ले हरायो । त्यसपछि जावलाखेल युथ क्लबसँग १(१ को बराबरी खेलेको संकटा नेपाल पुलिससँग २(१ ले पराजित भयो । अर्को विभागीय क्लब एपीएफविरुद्ध भने संकटाले ४(२ को जित हात र्पायो । जुन यस सिजन लिगमा धेरै गोल भएको खेलसमेत हो ।
गत सिजन संकटाले अग्रता लिए पनि यी दुई बीचको खेलमा आर्मीले ५(१ को जित हात पारेको थियो । आर्मी जितलाई निरन्तरता दिँदै शीर्ष स्थानमा उक्लने लक्ष्यमा रहँदा संकटा पनि बदला लिने दाउमा हुनेछ ।
अघिल्लो खेलमा आर्मीका कप्तान भरत खवास केही समस्यामा देखिएका थिए । उनले चाँडै मैदान छाडेका थिए, तर खेलपछि प्रशिक्षक नवीन न्यौपानेले भरत अर्को खेलमा खेल्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए । आर्मीका भरतसँगै राष्ट्रिय टिमका नवयुग श्रेष्ठ, विकेश कुथु, सुमन अर्याल जस्ता खेलाडी छन् । यस्तै सन्तोष तामाङ, दिनेश हेन्जन र सेसेहाङ आङदम्बेको मिडफिल्ड लाइन रहेको छ भने जर्ज प्रिन्स कार्की भरत र नवयुगसंगै फरवार्ड लाइनमा रहनेछन् ।
लिगको दोस्रो खेलमै मनाङसँग पराजित भएयता आर्मीले लगातार तीन खेल जितेको छ र तीनवटै खेलमा क्लिनसिट राख्न सफल भएको छ । यसले पनि आर्मीको प्रतिष्पर्धा कडा र बलियो बन्दै गएको छ ।
आर्मी र मनाङ मस्र्याङ्दी क्लबको समान १२ अंक छ, तर गोल अन्तरमा आर्मी नै अगाडि छ । छैटौं चरणमा मनाङ हिमालयन शेर्पासँग बराबरीमा रोकिँदा दुई अंक गुमाएको थियो । त्यसको फाइदा मच्छिन्द्रले उठायो र जावलाखेललाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो ।
मच्छिन्द्रले ६ मध्ये ४ खेलमा जित हात पारेको छ भने २ खेल बराबरी खेलेको छ । आर्मीले पनि ४ खेल नै जितिसकेको छ । ५ मध्ये १ खेलमा आर्मी पराजित भएको थियो । मनाङले भने ६ खेल खेल्दा शुरुवाती ३ खेलमा लगातार जित हात पारेको थियो, त्यसपछि भने लगातार ३ खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।
प्रतिक्रिया दिनुहोस्