सेन्ट्रल फाइनान्सको ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं, पुस २५ । सेन्ट्रल फाइनान्सले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।यसर्थ, कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्नेछ ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष पनि यस कम्पनीले ७५ नै नगद लाभांश वितरण गरेको थियो ।

हाल फाइनान्सको चुक्ता पुँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट नगद वितरण गर्न लागेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्