एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित

काठमाडौं, पुस २४ । एनएमबि बैंकको २४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभामा बैंकको ३५ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न साधारण सभाले लाभांश प्रस्ताव अनुमोदन गरेको हो ।

बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने ३५ प्रतिशत लाभांश पारित गरेको हो । सभामा २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैकले जनाएको छ । सभामा शेयरधनीहरुले लाभांश वितरणमा ढिलो नगर्न सुझाएका छन्।

आगामी दिनमा कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्न परेमा त्यसको सबै अधिकार सञ्चालक समितिलाई दिइएको छ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि भएकाले नियमावली संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ ।

आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन र नाफा–नोक्सान हिसाब सम्बन्धी एजेन्डा पनि अनुमोदन भएको छ । साधारण सभा प्रयोजनका लागि यस बैंकले पुस ४ गतेदेखि बिहबिारसम्म बुक क्लोज गरेको थियो । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्दैछन् ।

प्रतिक्रिया दिनुहोस्