एभरेष्ट बैंकको २५ औ वार्षिक साधारणसभा सम्मपन्न, २५ प्रतिशत लाभांश पारित
काठमाडौं , पुस २३ । एभरेष्ट बैंकको २५ औ वार्षिक साधारणसभा सम्मपन्न भएको छ । सभामा एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ ।
बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पाउने छन् ।
८ अर्ब ६ करोड रुपैयाँ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५ प्रतिशत बोनस पश्चात ८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ । बैंकको निक्षेप र कर्जा लगानी दुबै बढेर क्रमशः १३ लाख र ११ लाख १८ हजार रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.०५ रुपैयाँ रहेको छ । त्यस्तै, निष्कृय कर्जा घटेर ०.१६ प्रतिशत पुगेको बैंकको बेस रेट ८.१२ प्रतिशत रहेको छ ।
बैंकको प्रमुख शेयरधनी पञ्जाव नेशनल बैंकले नगद लाभांस बापत ३२ करोड १६ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै विके श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बापत १४ करोड ७४ लाख रुपैयाँको नगद लाभांस प्राप्त गरेका छन्।
गत आर्थिक वर्षमा संचालक समितिले बैठक भत्ता बापत १७ लाख ९० हजार रुपैयाँ बुझेका छन्। गत वर्ष यस्तो भत्ता ७ लाख १० हजार रुपैयाँ मात्रै लिएका थिए। संचालक समितिले जम्मा गरेको निक्षेप वापत ११ करोड ७२ लाख रुपैयाको व्याज रकम पाएको बैंकले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पारिश्रमिक तथा अन्य सुविधा बापत चार करोड ११ लाख रुपैयाँ बुझेका छन्।
गत वर्ष यस्तो व्यवस्थापनले दुई करोड ८२ लाख रुपैयाँ मात्रै बुझेका थिए। उनीहरुले जम्मा गरेको निक्षेपबाट ७ लाख ११ हजार रुपैयाँ व्याज पाएको बैंकले जनाएको छ।
भत्ता बापत १७ लाख ९० हजार रुपैयाँ बुझेका छन्। गत वर्ष यस्तो भत्ता ७ लाख १० हजार रुपैयाँ मात्रै लिएका थिए। संचालक समितिले जम्मा गरेको निक्षेप वापत ११ करोड ७२ लाख रुपैयाको व्याज रकम पाएको बैंकले जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पारिश्रमिक तथा अन्य सुविधा बापत चार करोड ११ लाख रुपैयाँ बुझेका छन्।
गत वर्ष यस्तो व्यवस्थापनले दुई करोड ८२ लाख रुपैयाँ मात्रै बुझेका थिए। उनीहरुले जम्मा गरेको निक्षेपबाट ७ लाख ११ हजार रुपैयाँ व्याज पाएको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्