सानिमाको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा

काठामाडौं, २३ पुस । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गर्नुभएको हो ।
समुद्घाटन् समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गर्नुभयो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । समुद्घाटन् समारोहमा मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउण्टर संचालनमा आएकोमा स्थानिय वासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंक को रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नुभयो । सानिमा बैंकको हाल ७९ वटा शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्