बिहीवार एनएमबि बैंकसहित ६ कम्पनीको साधारण सभा
काठमाडौं , पुस २घ । बिहीवार एनएमबि बैंकसहित ६ कम्पनीको साधारण सभा हुँदैछ । एनएमबि बैंकले बिहीवार २४ औं वार्षिक साधारण सभा हुने भएको छ । यस वर्षको उत्कृष्ट लाभांश दिने वाणिज्य बैंकको रुपमा रहेको एनएमबि बैंकले साधारण सभा बोलाएको हो ।
एनएमबि बैंकले यस वर्ष शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । सभा बिहान १० बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हुनेछ ।
सोल्टी होटलले बिहान ११ बजे नेपाल प्रज्ञा भवन, कमलादीमा १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा आव्हान गरेको हो । त्यस्तै, बुटवल पावरले १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न बिहान ११ बजे कार्की ब्यांक्वेटमा सभा बोलाएको छ ।
बिहिबार नै एनएमबिसँगै सोल्टी होटल, बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट कम्पनीले पनि साधारण सभा बोलाएका छन् ।
युनाइटेड मोदी हाइड्रोपावरले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव सहित बिहान ११ बजे वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा र बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव सहित होटर्ल याडिसनमा सभा आह्वाहन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्