प्रधानमन्त्री देउवाले एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको टुंगो लगाउन एमाले र माओवादीका नेताहरुसँग छलफल गर्ने भएक छन् ।

प्रधानमन्त्री देउवाले एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि अहिले केहिबेरमा बालुवाटार बोलाएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको छ । देउवाले आजै कांग्रेसका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।

सकेसम्म दलगत सहमतिमा नै निर्णय लिने भन्दै प्रधानमन्त्री देउवाले आन्तरिक छलफललाई निरन्तरता दिएका थिए।

प्रतिक्रिया दिनुहोस्