रिलायन्स फाइनान्सको लाभांश घोषणा
काठमाडौं , पुस २३ । रिलायन्स फाइनान्सको लाभांश घोषणा गरेको छ । पुस २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।
कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५८५ नगद लाभांश दिने घोषणा गरेको हो । ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँको नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
गत वर्ष यसले १२५ बोनस सेयर र २.६३५ नगद गरी कुल १४.६३५ लाभांश वितरण गरेको थियो ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।
प्रतिक्रिया दिनुहोस्