माछापुच्छ्रे बैंक ल्यायो ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

काठमाडौं, पुस २३ । माछापुच्छ्रे बैंकले माछापुच्छ्रे ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । केन्द्र सञ्चालनमा ल्याएसँगै अब ग्राहकले बैंकको बिभिन्न सामजिक सञ्जालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन्।

बैंकले अन्तरराष्ट्रिय स्तरको एनआईपी पीबीएक्स ( SIP PBX ) मा आधरित आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्ने बैंकको विश्वास छ।

ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन्। जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ।

बैंकले हाल १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पीओएसमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन बंक कटिवद्ध रहेको छ भने थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्