स्वावलम्बनद्वारा लाभांश बैंक खातामा जम्मा
काठमाडौं, पुस २३ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । १४ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरी दिएको संस्थाले जनाएको छ ।
साथै, सो मिति पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामा नै नगद लाभांश जम्मा गर्ने कम्पनीले जानकारी गराएको छ ।
पुस २० गते सम्पन्न वार्षिक साधारण सभाले मंसिर ३० गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ ।
स्वावलम्बन लघुवित्त र नेशनल माइक्रोफाइनान्स कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्