प्रभु बैंकको एक्स्टेन्सन काउन्टर जिल्ला प्रशासन कार्यलय सिराहामा

काठमाडौं , पुस २३ । प्रभु बैंकको एक्स्टेन्सन काउन्टर जिल्ला प्रशासन कार्यलय सिराहामा पनि विस्तार भएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सिराहा जिल्लाको सिराहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

सिराहास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले एक समारोहकाबीच उद्घाट्न गरका छन् ‘।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामाफर्त अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्