कामना सेवाले सेयरधनीको बैंक खातामा पठायो ६.८५ नगद लाभांश

काठमाडौं , पुस २३ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई ६.८५ नगद लाभांश बैंक खातामा पठाएको जनाकारी दिएको छ । बैंकले पुस २१ गतेबाट डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।

बैंकको पुस १७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसैबीच बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ । अपडेट गरेपछि मात्रै लाभांश पाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्