आरोप-प्रत्यारोपमा उत्रेन थालेपछि :निर्वाचन आयोगले छलफलका लागि बोलायो पाँच दललाई

काठमाडौं  । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ५ दललाई छलफलका लागि बोलाएको छ । आयोगले राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र फोरमका शीर्ष नेताहरूलाई आज छलफलका लागि डाकेको हो ।

निकास दिनुको साटो दलहरु आरोप–प्रत्यारोपमा उत्रेन थालेपछि छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश प्रमुखको नियुक्तिमा भइरहेको ढिलाइ, त्यसले पार्न सक्ने प्रभाव, राष्ट्रिय सभा निर्वाचनको विधि, प्रक्रिया र अन्य संवैधानिक तथा कानुनी जटिलताबारे दलसँग छलफल गर्न लागिएको हो ।

आयोगले भोलिसम्म प्रमुख नतोकिए राष्ट्रियसभा चुनावको कार्यतालिका प्रभावित हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्