मुक्तिनाथ विकास बैंक र एनआइबीएल एस क्यापिटल बीच फण्ड खरिद तथा विक्रि गर्ने सम्झौता

काठमाडौं , पुस २२ । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेड बीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्