इङ्गलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेड विजयी

एजेन्सी– इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई ३-० ले हराएको छ ।

आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो भ्यालेन्सीया, रोमेलु लुकाकु र एन्टोनियो मार्टियलले एक-एक गोल गरे । जितसँगै म्यान्चेस्टर युनाईटेडले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ ।

२३ खेलबाट म्यान सिटीको ६२ अंक भएको छ भने म्यान्चेस्टर युनाईटेडको ५० अंक भएको छ । ४७र४७ अंक जोडेका लिभरपूल र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्