सानिमा बैंकद्वारा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान
काठमाडौं, पुस २० । सानिमा बैंकले पोखरा हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ । उक्त वाटर प्यूरीफिकेशन मेसिन एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरे ।
साथै, दाहालले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसैगरी, हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।
बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत यही पौष १९ गते शनिबार पोखरा मा.न.पा. वडा नं. १७ घारीपाटन स्थित हिमालय आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्