स्पेनिस ला लिगामा चार खेल हुँदै
काठमाडौं , पुस १९ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुने भएका छन् । साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लब मैदानमा उत्रदैँछन् ।
रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ ।लिग लिडर बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति १ः४५ बजे खेल्नेछ । लिगको पुछारमा रहेको टिमविरुद्ध जित निकाल्दै बार्सिलोना शीर्ष स्थान कायम राख्ने योजनामा हुनेछ ।
यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्नेछ । अर्को खेलमा भ्यालेन्सिया र इबर भिड्ने छन् । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ भने दोस्रो स्थानको रियलले १८ खेलमा ३७ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्