प्रिमियर इन्स्योरेन्सको सीईओमा विश्वराम तिमिला नियुक्त
काठमाडौं, १७ पुस । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विश्वराम तिमिला नियुक्त भएका छन् ।
तिमिलालाई इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्तीको लागि बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै नियुक्तिले बैधता पाउने नियमछ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले ३ साताअघि निर्णयलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णयसहित स्वीकृतको लागि बीमा समिति पठाएको थियो ।
तिमिला यसअघि नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । नेकोबाट हटेको करिब ६ महिनाको कुलिङ पिरियड सकिएपछि उनी प्रिमियर इन्स्योरेन्स प्रवेश गएका हुन् ।
बीमा क्षेत्रमा करिब ४ दशक बिताएका तिमिला ओरेन्टल इन्स्योरेन्स कम्पनीमा १५ वर्ष र नेको इन्स्योस्योरेन्समा २३ वर्ष गरेको अनुभव छ । उनले नेको इन्स्योरेन्समा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका थिए । इन्स्योरन्स क्षेत्रमा काम गरेको लामो अनुभव भएका तिमिलाले अब प्रिमियर इन्यस्योरन्सको नेतृत्व गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्