अब एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट
काठमाडौं, पुस १७ । अब एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट मिल्ने भएको छ ।
एन आई सी एशिया बैंक लिमिटेड र तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल वीच बैंकका सम्पुर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०५ देखि १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्