प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय इनरुवामा

काठमाडौं, पुस १६ । प्रभु बैंकले एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यलय इनरुवामा विस्तार गरेको छ । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरीको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले एक समारोहका वीच उद्घाट्न गरेका छन् ।

प्रभु बैंैकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । यसै क्रममा बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गरी सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्