ए डिभिजन लिग : विभागीय टोली पुलिसको दोस्रो जित

काठमाडौं, पुस १६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब विजय भएको छ । सङ्कटा क्लबलाई पराजित गर्दै विभागीय टोली पुलिसले दोस्रो जित दर्ता गराएको हो ।


ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गराएको हो । जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।


पुलिसको जितमा दुवै गोल सुमन लामाले गर्नुभयो । खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाउनुभयो । त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।

खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाउनुभयो । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित हुनुभयो ।

पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ ।

सले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
पुलिसको जितमा दुवै गोल सुमन लामाले गर्नुभयो । खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाउनुभयो । त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।
खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाउनुभयो । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित हुनुभयो । पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्