कामना सेवा विकास बैंकको साधारण सभा बिहीवार
काठमाडौं,पुस १६ । कामना सेवा विकास बैंकको साधारण सभा बिहीवार हुने भएको छ । बैंकले ६ दशमलव ८ प्रतिशत नगद लाभांश सहित मर्जर लगायतका विविध प्रस्तावमाथि छलफल गर्न सभा बोलाएको छ ।
सभा विहान ११ बजे अृमृतभोग, कालिकास्थान, काठमाडौंमा शुरु हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण समेत सभाले गर्नेछ ।
यो सभा प्रयोजनका लागि बैंकले मंसिर ३० गतेदेखि बुक क्लोज गरेकाले मंसिर २९ गतेसम्मका शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने वा प्राप्ति गर्ने विषयमा छलफल गरी यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्