कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स बीचसम्झौता
काठमाडौं, पुस १५ । काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड रएम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सप्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सप्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरु बाट सहजर छरितो रुपमा FOTON ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।
सम्झौता पत्रमा कामना सेवावि कास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियलप्रा. लि.को तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गर्नुभएको थियो ।
काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा११४ वटा शाखा तथा६० वटा ATM मार्फत ग्राहकहरु लाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ। साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्