नेकपाले अझै छान्न सकेन सभामुख , संसद बैठक फेरि सर्यो
काठमाडौँ , पुस १५ । सत्तारुढ नेकपाले नयाँ सभामुखको टुंगो नलगाउन नसकेपछि संसद बैठक फेरि सरेको छ । भोलि (बुधबार) एक बजेका लागि बोलाइएको बैठक पुस २७ गते एक बजेसम्मका लागि स्थगित भएको हो ।
संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्व्निर्धा्रित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।
सभामुखको टुंगो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल मंगलबार बिहानैदेखि छलफलमा जुटेका थिए ।
दुईअध्यक्षबीचको छलफलले सभामुख चयनको टुंगो लगाउन नसकेपछि संसद बैठक नै धकेलिएको हो । सभामुखमा नेकपाभित्र पूर्व एमाले कि पूर्व माओवादीले पाउने भन्नेमा तीव्र विवाद छ ।
प्रतिक्रिया दिनुहोस्