नव किरण लघुवित्तले पायो सञ्चालन स्वीकृति

काठमाडौं , पुस १५ । नेपाल राष्ट्र बैंकले लघुवित्त कारोबार संचालन गर्न नव किरण लघुवित्त वित्तीय संस्था लि.लाई स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रिय स्तरको कर्यक्षेत्र भएको नव किरण लघुवित्तले आगामी माघदेखि आफ्नो कारोबार संचालन गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत जीडी पाण्डेले जानकारी दिए ।

१० करोड जारी पुँजी रहेको संस्थाले उद्यमशिलता एवं ग्रामिण भेगमा इन्टरप्राइजेजमार्फत रोजगारी सिर्जना गर्न विभिन्न नविनतम कार्ययोजनाहरु अगाडि बढाउने जानकारी पाण्डेले दिए ।

लघुवित्त क्षेत्रको महत्व एवम् यसको आवश्यकता संकुचित भएको अवस्थामा स्थानीय निकायसँग प्रत्यक्ष समन्वयगरी ग्रामीण भेगमा रोजगारी सृजना गर्न, क्षमता वृद्धि गर्न, ईको –टुरिजमको विकास गर्न, स्थानीय सन्शाधनको उच्चतम प्रयोग गर्न एवं समग्र अर्थिक समृद्धिको सम्बाहकको रुपमा विभिन्न निकायहरुसँग समन्वय गर्दै संस्थालाई विल्कुलै नयाँ सोचमार्फत अगाडि बढाउने जानकारी प्रमुख अधिकृत पाण्डेले दिए ।

संस्थका अध्यक्ष मोहन हरि आचार्यले संस्थालाई नयाँ सोचमा अगाडि बढाउन संचालक समितिले सम्पूर्ण पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्