सिर्जना फाइनान्सको लिलामी शेयर भर्ने सोमवार अन्तिम दिन

काठमाडौं, पुस १३ । सिर्जना फाइनान्सको लिलामी शेयर भर्ने सोमवार अन्तिम दिन रहेको छ ।
पुुुुुस ७ गतेदेखि लिलामीमा आएको सिर्जना फाइनान्सको अवितरित हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन पुस १४ गते रहेको छ ।

कम्पनीले यसअघि गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको ३ लाख २० हजार ७४२ कित्ता शेयर लिलामीमा ल्याएको हो । कुल कित्तामध्ये संस्थापकतर्फ २ लाख ८ हजार ५२३ कित्ता र सर्वसाधारणतर्फ १ लाख १२ हजार २१९ कित्ता रहेको छ ।

बोलपत्र दाताले आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम सनराइज क्यापिटल लिमिटेडको नाममा सनराइज बैंक लिमिटेडको कमलपोखरीमा रहेको खाता नम्बर, ०६९०३७१११४७०१०१० मा धरौटी बापत जम्मा गरेको सक्कल भौचर संलग्न गर्नु पर्नेछ ।

बोलपत्र विक्री प्रबन्धक सनराइज क्यापिटल सहित सनराइज बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाहरुसँगै सिर्जना फाइनान्सको विराटनगर र राजविराज शाखामा समेत बुझाउन सकिनेछ ।

यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । खरीद गर्न चाहानेहरुले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम आवेदनको हकमा कुनै हद तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्