सामुदायिक लघुवित्तले पारीत गर्यो ३२ प्रतिशत नगद लाभांश
काठमाडौं । सामुदायिक लघुवित्तले ३२ प्रतिशत नगद लाभांश पारीत गरेको छ । संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न कार्यक्रममा लाभां पारीत गरिएको हो ।
काभ्रेको साँगामा रहेको लघुवित्तको साधारणसभाले ३२ प्रतिशत बोनस सेयरसहित विभिन्न प्रस्ताव पारित गरेको छ ।
साथै साधारणसभाले आव २०७५–०७६ असार मसान्तसम्मको चुक्तापुँजीको ३२ प्रतिशत बोनस सेयर दिने र सोको कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित पनि गरेको छ ।
साथै बोनस सेयर पश्चात् कायम हुन आउने चुक्तापुँजीको २ः१ को अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने बताइएको छ ।
यसैगरी आव २०७५–७६ को वार्षिक लेखापरीक्षण प्रतिवेदनसहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरण पनि पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस्