सिद्धार्थ बैंकले ल्यायो ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागी १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने भएको छ । बैंकले सोही उद्देश्यका साथ ‘महिला उद्यमशील कर्जा’ योजना सञ्चालनमा ल्याएको छ ।

यो कर्जा सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाइन तथा सञ्चालन गरिएको हो ।

महिला उद्यमशील कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराइने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफ्नो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।

यसबाट महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग र्पुयाउने विश्वास लिएको बैंकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । यस सुविधामा ९० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको छ ।

यस्तै वार्षिक ६.०२ प्रतिशतसम्म रहनेछ भने अन्य प्रशासनिक शुल्क लाग्दैन । यसमा अग्रिम भुक्तानी शुल्क लाग्दैन भने सरल भुक्तानी सुविधाुहित ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुनेछ ।


प्रतिक्रिया दिनुहोस्