पोखरा प्रिमियर लिगको उपाधि चितवनको पोल्टामा, हात पार्यो २७ लाख रुपैयाँ

काठमाडौं , पुस १२ ।पोखरा प्रिमियर लिगको उपाधि चितवनको पोल्टामा परेको छ । अपराजित रहँदै चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको हो । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धा्रित २० ओभरमा १७० रनमा समेटिएपछि पारस खड्काको कप्तानीमा रहेको चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।

जितसँगै चितवनले राइजोजले २७ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्