सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय पोखरामा
काठमाडौं, पुस ११ । सिद्धार्थ इन्स्योरेन्सको प्रादेशिक कार्यालय पोखरामा पनि विस्तार गरिएको छ । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय विस्तार गरि एक कार्यक्रमकाबीच आज समुद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईले गरेका हुन् ।
समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि संगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिँदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिलेसम्म गण्डकी प्रदेशका ११ओटा जिल्ला मध्ये ८ ओटा जिल्लामा ११ ओटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताए ।
भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्