एनएमबि बैंकको साधारण सभा गर्ने स्थान परिवर्तन

काठमाडौं , पुस ११ । एनएमबि बैंकको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ ।
यसअघि बैंकले राष्ट्रिय साभागृह प्रदशनीमार्गमा साधारण सभा गर्ने भनेको थियो । तर अब बैंकले पुस २४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को हल जावलाखेल ललितपुरमा हुने जनाएको छ ।

सभागृहले उक्त दिन विशेष कारणबश हल उपलब्ध गराउन नसक्ने भएकाले साधारणसभाको स्थान परिवर्तन गरीएको बैंकले जनाएको छ। पुस महिनामा एकैसाथ धेरै कम्पनीहरुले साधारणसभा बोलाउदा सभा गर्ने स्थान समेत अभाव हुन पुगेको हो।

बैंकले आगामी पुस २४ गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न ३९६ औं बैठकले उक्त दिन साधारण सभा बोलाउने निर्णय गरेको थियो।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

प्रतिक्रिया दिनुहोस्