प्रभु क्यापिटलको विशेष साधारण सभा पुस २५ मा , के–के प्रस्ताव पारित हुँदैछ ?
काठमाडौं , पुस ११ । प्रभु क्यापिटलको विशेष साधारण सभा पुस २५ गते हुने भएको छ । सभा रोयल सिग्ठी होटेल मण्डला बल रुम कमालादीमा हुने बताएको छ
सभाको प्रस्तावमा यस क्यापिटल र समृद्धि क्यापिटल लिमिटेडका बिच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा भएको समझदारी तथा हालसम्म भएका सम्पूर्ण कार्यको अनुमोदन गरिने भएको छ ।
साथै सोही प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्व कारोबार मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकन कर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्न र मर्जर सम्बन्धी अन्य सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने समेत रहेको छ ।
कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्