सिद्धार्थ बैंकमा अब अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने
काठमाडौं, पुस ११ । सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ ।
सिद्धार्थ बैंकमा ग्राहकहरुले सस्तो टिकेटमार्फत अनलाइन टिकेट खरिद गर्नसक्ने भएका छन्।सोही प्ल्याटफर्मबाट सजिलैसँग विदेशी मुद्राको माग गर्नसक्ने भएको हो।
यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् ।
ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकिएका शाखाहरुमध्ये आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् ।
बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
यो बैंकले देशभर १७६ वटा शाखा ९४ एक्स्टेन्सन काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ सेवा, १९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिदैं आएको छर्।
प्रतिक्रिया दिनुहोस्