प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टर बाग्लुङ्गमा

काठमाडौं , पुस ११ । प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टर बाग्लुङ्गमा पनि विस्तार भइ सञ्चालनमा आएको छ ।

प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

बाग्लुङ्गस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले उद्घाटन गरेका छन् । सेवा र सुविधा अब सहज र सजिलो हुने स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्