शुक्रवार चार कम्पनीको अलग–अलग स्थानमा साधारण सभा हुँदै

काठमाडौं , पुस १० । शुक्रबार चार कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा हुनेहरुमा सामुदायिक लघुवित्त वित्तीय संस्था, हिमालयन क्यापिटल लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स रहेका छन् ।

सामुदायिक लघुवित्तको साधारण सभा लहरीखर्क रिसोर्ट, बनेपामा हुनेछ । उक्त साधारण सभाले शेयरधनीलाई ३२ प्रतिशत बोनस शेयर र १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

यस्तै , श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको साधारण सभा अम्रपाली बैंक्वेट, काठमाडौंमा हुने जनाएको छ । यस कम्पनीले २ दशमलव ३५ प्रतिशत बोनस शेयर र १० दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी लिवर्टी ईनर्जी कम्पनीको साधारण सभा अर्मतभोग क्याटरर्स कालिकास्थान र हिमायलन क्यापिटको कम्पनीको रजिष्टर्ड कार्यालय त्रिदेबी मार्ग, ठमेलमा कम्पनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्