‘ए’ डिभिजन लिग : मनाङ मस्र्याङ्दी शीर्ष स्थानमा उक्लियो

काठमाडौं , पुस १० । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बिहिबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १–० गोलले हराएसँगै मनाङ शिर्ष स्थानमा उक्लिन सफल भएको हो ।

लिगमा मनाङको यो लगातार तेस्रो जित हो । जितसँगै शीर्ष स्थानमा रहेको मनाङको नौ अंक छ ।
मनाङको जितमा जगजित श्रेष्ठले २५औं मिनेटमा गोल गरेका थिए । जगजितले भीडाल लुइसको पासमा गरेको गोलनै मनाङलागि प्रयाप्त बन्न पुग्यो ।

मनाङले यसअघि लिगको पहिलो खेलमा एपीएफलाई २–० र दोस्रो खेलमा आर्मीलाई १–० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्