ललितपुरको सानेपामा एन आई सी एशिया बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौं, पुस १० । ललितपुरको सानेपामा एन आई सी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट एक समारोहका बीच उद्घाटन भएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्