जनउत्थान लघुवित्तले दिने भयो २६.३२ प्रतिशत लाभांश

काठमाडौं , पुस १० । जनउत्थान लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने भएको छ ।
गत आवको मुनाफाबाट शेयरधनीको लागि २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ३३ लाख ६० हजार रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ९ करोड ५० लाख ४० हजार पुग्नेछ ।

कम्पनीको पुस ९ गते सम्पन्न १४४औं बैठकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्