५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकद्वारा अनुरोध

काठमाडौं , पुस १० । ५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना शेयरधनीहरुलाई अनुरोध गरेको छ । बोलाएको छ । बैंकले विगतका विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश लिन बोलाएको हो ।


१ महीनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जानकारी दिएको छ । त्यसैले लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश लिन बाँकी रहेका शेयरधनीलाई संकलन गर्न भनेको हो ।

लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले शेयर रजिष्ट्रार सि. आई बि एल एस क्यापिटल मार्फत एक महीनाभित्र लाभांश लिन सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी, लाभांश पुर्जी लिइसकेका शेयरधनीहरुलाई समेत उक्त पुर्जी आफ्नो बैंक खातामा जम्मा गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्