ताप्लेजुङको फुङलिङमा सनराइज बैंकको नयाँ शाखा विस्तार

काठमार्डौं, पुस १० । सनराइज बैंकले आफ्नो नयाँ शाखा ताप्लेजुङको फुलिङमा विस्तार गरेको छ । शाखाले आफ्नो १२९ औं शाखा फुङलिङमामा विस्तार गरी सञ्चालनमा ल्याएको हो । । ग्राहकको सेवा र सुविधालाई मध्यनगर गर्दै बुधबारबाट शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा गरेका थिए । उतm समारोहमा बैंकका अन्य पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।

कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको औंल्याए ।

साथै डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोेमा जोड दिए ।

हालसम्म सन्राइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एमहरु संचालन गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्