प्रभु लाइफ इन्स्योरेन्सका नयाँ ३ शाखा विस्तार , कारोबार पनि सुरु
काठमाडौं , पुस ९ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ तीन शाखा विस्तार गरेको छ ।सुर्खेत शाखा, कैलालीको टीकापुर तथा अत्तरियामा उप–शाखा खोलेर कारोबार पनि सुरु भइसकेको लिमिटेडले जनाएको छ ।
यी तीनवटै कार्यालयको उदघाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले पुस ७ र ८ गते गरेका हुन् । उनले कम्पनी शाखा विस्तारकै क्रममा रहेको बताए । उदघाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख व्यवसाय अधिकृत पनि सहभागी थिए ।
प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जीवन बिमालाई गाउँसम्म र्पुयाउने उद्देश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताए । आगामी दिनमा कम्पनीले आवश्यकताअनुरूप देशैभर थप शाखा विस्तार गर्दै लैजाने पनि उनले बताए ।
पौडेलका अनुसार कम्पनीले सर्वसाधारणका लागि चाँडै ६० करोड रुपैयाँको सेयर निष्काशन गर्ने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्