हिमालयन बैंकको नयाँ शाखा सिन्धुलीको खुर्कोटमा
काठमाडौं, पुस ९ । हिमालयन बैंक लिमिटेडले आफ्ना नयाँ शाखा सन्धुलीको खुर्कोटमा विस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा सिन्धुलीको खुर्कोटस्थित गोलान्जोर ७मा नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो ।
बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले एक समारोहका बीच शाखाको उद्घाटन गरका छन् । कार्यक्रममा बोल्दै उनले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने बताए ।
साथै उनले उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास सिमेत व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले खुर्कोट व्यापारिक दृष्टिकोणले सिन्धुली जिल्लाको महत्वपूर्ण स्थान हुनुका साथै रामेछाप जिल्ला जाने मुख्य नाका पनि भएकोले उद्योग तथा व्यवसायिक लगानीका लागि यस क्षेत्रमा राम्रो सम्भावना रहेको समेत बताए ।
बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको उनको भनाइ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्