शीर्ष स्थानमा रहँदै चितवन पीपीएलको फाइनलमा
काठमाडौं, पुस ८ । चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरे पराजित गरेको हो ।
बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन फाइलमा पुग्न सफल भएको हो । जितसँगै चितवनले फाइनलमा यात्रा तय गरेको छ । पाँच खेल खेलेको चितवनले १० अंक सहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।
दोस्रो स्थनमा रहेको बुटवलको ६ अंक छ भने तेस्रो स्थानमा रहेको काठमाडौंको ४ अंक छ । काठमाडौंले अब प्लेअफको सम्भावनालाई जिवित राख्न विराटनगर र बुटवल बलास्टर्सको खेल कुर्नु पर्ने हुन्छ ।
पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई जितका लागि दिएको १६८ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वा्धिक ४० रनको योगदान गरे । ३९ बल खेलेका उनले ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाउँन सफल भएका हुन् ।त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा पृथु बास्कोटाले १८ रनको योगदान गरे ।
बलिङतर्फ चितनवका लागि सन्नी पटेलले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै रोहन मुस्तफाले दुई विकेट लिँदा कप्तान पारस खड्का, रामनरेश गिरी, करण केसी र भुवन कार्कीले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाएको हो । चितवनका लागि बाबर हायात र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । ४७ बल खेलेका बाबरले ३ चौका र ६ छक्काको सहयोगमा ७० रन बनाए ।
बाबरलाई १५ ओभरको दोस्रो बलमा बसन्त रेग्मीले बोल्ड आउट गराएका थिए । त्यस्तै ५२ बल खेलका मुस्तफाले ६ चौका र १ छक्काको सहयोगमा ५९ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस्