टेलिकमको नगद लाभांस घोषणा
काठमाडौं, ८ पौष । नेपाल नेपाल टेलिकमले ४५% नगद लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४५ रुपैयाँका दरले नगद दिने प्रस्ताव गरेको हो ।
टेलिकमको साधारण सभाले अनुमोदन गरे पछि मात्र लाभांस दिने भएको छ । यसको लागि कम्पनीले साधारण सभा पनि बोलाएको छ । कम्पनीको १२औं साधारण सभा यहि पुस २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखेको छ ।
प्रतिक्रिया दिनुहोस्