स्थानिय सरकारले नै भवन सम्बन्धी मापदण्ड उलघंन गरेः शहरी विकास मन्त्री राई
काठमाडौं, ६ पुस । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानिय सरकार जिम्मेवार रहेको दावी गर्नुभएको छ । स्थानिय सरकारले आफ्नो अधिकारको गलत प्रयोग गरि असुरक्षित संरचना निर्माण गर्न दिइरहेको मन्त्री राईको भनाई छ ।
नागरिक एकता समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले केन्द्र सरकारको नियम काुननलाई उलंघन गरि स्थानिय सरकारले शहरलाई नै असुरक्षित र जोखिमयुक्त बनाउने काम गरिरहेको दावी गर्नुभयो ।
मन्त्री राईले भन्नुभयो, २०७२ सालको बिनाशकारी भूकम्पपछि संघीय सरकारले भवन सम्बन्धी मापदण्डलाई कडाई गरेको छ, तर स्थानिय सरकारले केन्द्र सरकारको नियम कानुनलाई अटेर गरि आफ्नो अनुकुल स्वीकृति दिदा अहिले पनि शहरमा जोखिमयुक्त र असुरक्षित भवन बन्दैछन ।
भवन सम्बन्धी मापदण्डको पालनामा नागरिक पनि जिम्मेवार हुनुपर्ने मन्त्री राईको भनाई छ । उहाँले कतिपय कानुनको अभाव र अधिकार क्षेत्रको बाँडफाँड किटान नभएका कारण पनि स्थानिय सरकारको गलत अभ्यासलाई केन्द्र सरकारले रोक्न नसकेको गुनासो गर्नुभयो ।
स्मार्ट सिटि र मेघा सिटीको अवधारणलाई मन्त्रालयले ठोस रुपमा अघि बढाउन लागेको जानकारी उहाँले दिनुभयो । विगतका सरकारले हचुवाको भरमा स्मार्ट सिटि र मेघा सिटी घोषणा गरेका कारण लामो समयसम्म काम अघि बढन नसकेको भन्दै मन्त्री राईले निश्चित मापदण्ड र सूचकहरु बनाएर मन्त्रालयले नयाँ शहर बिकासको कामलाई तिव्रता दिएको दावी गर्नुभयो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका विकास प्राधिकरणका बिकास आयुक्त डा। भाइकाजी तिवारीले शहरको बिकास गर्ने भन्दा पनि घडेरीको बिकास गर्ने गलत सोचका कारण समस्या देखिएको बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १८ जनालाई सम्मान गरिएको थियो ।














प्रतिक्रिया दिनुहोस्