गरिमा विकास बैंकको धादिङ्ग वेशी शाखा कार्यालयको औपचारिक उद्घाटन
काठमाडौं, पुस ६ । गरिमा विकास बैंकको धादिङ्ग वेशी शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ । आज एक कार्यक्रमकाबीच निलकण्ठ नगरपालिकावडानं.–३, धादिङ्गवेसीमा
स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्नभएको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाकानगर प्रमुख भीम प्रसाद ढुंगानाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंककासञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजीउपलब्ध गराई त्यस क्षेत्रको ओधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए ।
उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाकानगर प्रमुख भीम प्रसाद ढुंगाना,निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यका भित्र१० वटा शाखा सहित देशभर ९०शाखा, ५१ एटीएम र गरिमारेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदानगर्दै आईरहेको छ ।विकास बैंकले २०७६ पौष ५गतेसम्म३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्