म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र आर्सनल पराजित भएका छन् । गएराति भएको खेलमा लिग लिडर म्यान्चेस्टर सिटीलाई लिभरपुलले ४–३ ले हराएको हो ।

लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन अक्सलेड चेम्बरलीन, रोबर्टो फर्मिनो, सादियो माने र मोहोमद सालाहले एक–एक गोल गरे । म्यान्चेस्टर सिटीका लेरोए साने, बर्नार्डो सिल्भा र ईके गुन्डोगानले एक–एक गोल गरेका थिए । हारसँगै म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ६२ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । दोस्रो, तेस्रो र चौथो स्थानका म्यान्चेस्टर युनाईटेड, लिभरपुल र चेल्सीको समान ४७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्