युवा क्रिकेट टोली नेपाल फर्कनमा ढिलाई

काठमाडौं । एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली स्वदेश फर्कनमा ढिलाई हुने भएको छ । युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तय भएपनि कम्तीमा २ घन्टा ढिला हुने भएको छ ।

मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रको विजेता बनेको थियो । त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

युवा टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी र पूर्व कप्तान सन्दीप लामिछाने भने स्वदेश नआई सिनियर टोलीमा समावेश हुँन मलेसियाबाट भारत जाने बताइएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध हुने दुई खेलको तयारीका लागि पारस खड्काको कप्तानीमा रहेको सिनियर टोली हिजो भारतको चेन्नई गएको थियो ।

प्रतिक्रिया दिनुहोस्