नेपाल एपीएफ स्कुलको छात्रावास भवन उद्घाटन

काठमाडौ । डिपुटी चिफ अफ मिसन डा. अजय कुमारले नेपाल एपीएफ स्कुलको छात्रावास भवन समुद्घाटन गर्नु भएको छ ।
यस अघि उक्त भवनको लागि भारतीय राजदुतावासद्धारा विद्यालयलाई रु ४,८६,३४,५६४ (चार करोड छ्यासी लाख चौतिस हजार पाँच समय चौसठ्ठी), सहयोग भई भवन निर्माण को शिलान्यास मिति २०७१ साल आषाढ २७ गते तत्कालिन महामहिम भारतीय रातदूत रणजित रायज्यूबाट सु–सम्पन्न भएको थियो । भवनको भौतिक संरचना निर्माण सम्पन्न पश्चात पुस ६ गतेका दिन भारतीय राजदुतावासका विशेष प्रतिनिधि डिपुटी चिफ अफ मिसन डा. अजय कुमारले विधिवत् रुपमा समुद्घाटन गर्नु भएको हो ।


उद्घाटनको क्रममा बोल्नुहुँदै यस छात्राबास भवनले देशका विभिन्न स्थानबाट आएका विद्यार्थीहरुलाई सहज बसाइको वातावरण बन्नेछ, भन्ने विश्वास गरेको छु र आगामी दिनहरुमा भारतीय राजदुतावासले विद्यालयलाई गर्ने सहयोगमा कमी हुन दिने छैनौँ भन्ने भावना व्यक्त गर्नु भयो । त्यस्तै समारोहमा प्रधानाचार्य युवराज पराजुलीले सम्पूर्ण अतिथिहरुमा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्धारा धन्यवाद ज्ञापन गर्नु हुँदै भारतीय राजदुतावासले यस विद्यालयलाई गरेको सहयोग प्रति कृतज्ञता प्रकट गर्नु भएको थियो ।
उद्घाटन समारोहमा सशस्त्र प्रहरी बलका उच्च पदस्त अधिकृतहरु, कीर्तिपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, सशस्त्र प्रहरी परिवार महिला संघका केन्द्रीय पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाचार्यहरु, स्थानीय भद्रभलादमी व्यक्तित्वहरु, पत्रकार लगायत विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्